२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

महोत्तरी प्रहरीले अवैध रक्सी लत्ताकपडा र खाद्यान्न सामाग्रीहरुसहित मोटरसाईकल पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २४, २०८१

 

महोत्तरीबाट । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी टोलीले जिल्ला महोत्तरी जलेश्वर न.पा. वडा नं.१२ स्थित नैन्ही दशगजामा नेपालबाट भारत तर्फ BR06BP 1432 नम्बर प्लेटको RTR APACHE मो.सा. मा भन्सार छलीका रक्सी अं. मुल्य रू.१,५४,७००/-

 

(एक लाख चौवन हजार सात सय) बराबरको र ऐ. मटिहानी न. पा. वडा नं.०८ बिगही पुल स्थितमा BR3H 2246 नम्बर प्लेट रहेको HERO SPLENDER मो.सा.मा कपडा र खाद्यान्न सामाग्रीहरु ल्याउदै छ, भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी टोलीले उक्त भन्सार छलीका लत्ताकपडा, खाद्यान्न सामाग्रीहरु सहित BR-3H 2246 नं. को HERO SPLENDER मो.सा गरी अं. मुल्य रु. १,७९,७३०/- (एक लाख उन्नानअस्सी हजार सात सय तीस) गरी जम्मा रु. ३,३४,४३०/- (तिन लाख चौतिस हजार चार सय तिस) बराबरको सरसमानहरु रित पुर्वक बरामद गरी यस कार्यालयमा दाखिला गरेकोमा मिति २०८१।०४।२४ गते आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको व्यहोरा सूचित गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]