२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

सिमकोटमा बोलेरो जीप दुर्घटना

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २७, २०८१

 

सिमकोट । गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट आउदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो।

सिमकोट गाउँपालिकाको– ६ को लाग्नाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको बा ०१०२९ च ९८३८ नम्बरको बोलेरो जीप तीन धारा क्षेत्रमा विपरीत दिशाबाट आइरहेको अर्को जीपलाई छलाउने क्रममा सडकबाट खसेको हो।

दुर्घटनालगत्तै चालक, सहचालकसहित पाँच जनाको उद्धार भएको थियो। दुर्घटनाबाट जीपको अगाडिको भागमा क्षति पुगेको र यात्रुलाई केही पनि नभएको प्रहरीले जनाएको छ।

उहाँलाई कुनै चोटपटक नलागेको कारण आआफ्नो घर जानुभएको छ। जीप दुर्घटना लगत्तै स्थानीयवासीले उद्धार सुरु गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]