२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपालगन्जको होटलहरुमा लुकिछिपी यौन क्रियाकलाप जिल्ला प्रहरी वडा प्रहरीको छड्के चेकिङ्ग

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २८, २०८१

 

बाँके । नेपालगन्जका स्थानीय होटलमा व्यावसायिकरुपमा यौन क्रियाकलाप हुन थालेपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जले प्रहरी परिचालन गरेर पक्राउ गर्न थालेको जनाएको छ ।

आइतबार राती करिब साढे आठ बजेतिर नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित रिवरसाइड होटलबाट प्रहरीले होटल संचालक टोपबहादुर बुढासहित यौनधन्दामा संलग्नलाई रंगेशात पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

पक्राउपर्नेमा होटल संचालक बुढासहित चार जना यौनकर्मी महिला र चार जना पुरुष रहेको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरीबहादुर बिसीले जानकारी दिए ।

अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति प्रहरीले निगरानी गर्न थालेको प्रहरी प्रमुख बिसीले बताए । नेपालगन्जमा यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले कडाईका साथ नियन्त्रण अभियान चलाएको उनले बताए ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा वडा प्रहरी कार्यालयले नेपालगन्जका विभिन्न होटलमा छड्के जाँच गर्दै आएको छ । यसअघि पनि होटलमा छड्के जाँच गरिएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]