२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपालगन्जका वरिष्ठ पत्रकार सिराज खानलाई सांस्कृतिक प्रतिष्ठान अवधी गौरव रजत सम्मान

Logo
राजित कुमार यादव प्रकाशित सोमबार, साउन २८, २०८१

 

बाँके । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले नेपालगन्जमा सम्मान गरेको छ ।

नेपालगन्जमा आयोजित चौथो अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोहमा अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले नेपालगन्ज समाचारदाता खानलाई ‘अवधी गौरव रजत सम्मान २०८१’ प्रदान गरेको हो ।

अवध क्षेत्रमा शिक्षा, स्वास्थ, कला, साहित्य र संस्कृतिलगायत क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गर्दै खानलाई सो सम्मान प्रदान गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेशचन्द्र कुमालले बताए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हंसावती कुर्मी, पूर्व प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सिना लगायतले समाचारदाता खानलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका थिए ।

कार्यक्रममा नेपाल–भारतका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष कुमालले बताए । सो अवसरमा नेपाल र भारतका साहित्यकारले आ–आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वरिष्ठ साहित्यकार सनतकुमार रेग्मी, प्राज्ञ सदस्य हंसावती कुर्मी, पूर्व प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सिना, पशुपतिदयाल मिश्र, विष्णुलाल कुमाल, डा. सतिशचन्द्र बर्मा, रामानन्द सागर, इन्द्रेश भदोरियालगायतको उपस्थिति र सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]