२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

तुलसीपुरमा अटो दर्घटना हुँदा ५ जना घाइते

Logo
सागर रोका प्रकाशित मंगलबार, साउन २९, २०८१

 

दाङ । तुल्सीपुर प्रहरीका अनुसार अटो चालक तुलसीपुर-१७ का २२ वर्षीय भुपेन्द्र वलीको बायाँ खुट्टामा चोट लागेको छ ।

यस्तै अटोमा सवार तुलसीपुर-७ का २९ वर्षीय शंकर खड्का, तुलसीपुर- १९ का ४१ वर्षका बुद्धिकला वली, रोल्पा रुन्टिगढि-४ का ३३ वर्षीया सीता पुन र उहाँको छोरी १२ वर्षीया लक्ष्मी पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेहरुको अबस्था सामान्य रहेको र सबैजनाको राप्ती प्रादशिक अस्पताल तुलसीपुरमा उपचार भइको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

तुलसीपुरबाट बिजौरी तर्फ जादै गरेको रा १ ह ७३४७ नम्बरको अटो आज दिउँसो साढे १ बजेतिरको समयमा तुलसीपुर- ६ हात्तिखौवाको ओरालोमा दुर्घटना भएको थियोे ।

त्यस्तै गरेर अटोमा ५ जना सवार रहेका थिए । भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ॥

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]