२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाँकेमा राष्ट्रिय अनुसन्धानका हवलदारमाथि कुटपिटको एसएसपी माधव श्रेष्ठ नेतृत्वको छानबिन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २९, २०८१

 

बाँके । नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको विषयलाई लिएर छानबिन थालिएको हो।

स्रोतका अनुसार छानबिनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको हो। उक्त कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठ नेतृत्वको समितिले घटनाबारे छानबिन गरिरहेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए।

करिब दुई हप्ताअघि बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का एक सूचक कुटिएका थिए। भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध रुपैयाँ रोक्न खोज्दा नेपाल–भारतको सीमाक्षेत्र जमुनाहा नाकामा सूचक अर्जुन खड्का कुटिएका थिए।

उक्त रकम नेपालगन्जस्थित होटेल कलपत्रुमा सञ्चालित क्यासिनोका निम्ति ल्याइएको थियो। सोही विषयलाई लिएर विवाद भएपछि अहिले प्रहरीले छानबिन थालेको हो।

प्रहरीका अनुसार, अवैध रकमबारेको सूचना प्रहरीलाई नदिई खड्का आफैँले नियन्त्रण गर्न खोज्दा कुटाइ खाएका हुन्।

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख उपअनुसन्धान निर्देशक (एसपी)मा ओम खड्का र नेपाल प्रहरीको एसपीमा तुलबहादुर कार्की छन्। कार्की र खड्काबीचको समन्वय अभावमा घटना भएको बुझिन्छ। खड्काले विभागका कर्मचारीलाई अवाञ्छित काम लगाउने गरेको पनि आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]