२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नेपाल सरकारले १५ जना उपसचिवहरूको सरुवा गर्‍यो

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन ३०, २०८१

 

काठमाडौं । मन्त्रालयले बुधबार  विभिन्न निकायमा रहेका १५ जना उपसचिवहरूको सरुवा गरेको हो ।

संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुरुवा भएका छन् ।

यस्तै राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहालको विद्युतीय सुशासन आयोगमा सुरुवा गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राज भुसालको राष्ट्रिय महिला आयोगमा सुरुवा भएको छ । यस्तै वन तथा वातावरण मन्त्रालयकी उपसचिव  रत्नेश शशिलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू रविन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, छविलाल पौडेलको गृह मन्त्रालयमा सुरुवा गरिएको छ । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्मालाई रक्षा मन्त्रालय पठाइएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव फणिन्द्र प्रसाद पौडेलको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दरबन्दीमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सुरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ईश्वरी प्रसाद ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव सुरेश राज जोशीको गृह मन्त्रालयमा सरुवा हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्ण प्रसाद चापागाईँको गृह मन्त्रालयमा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!