२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपालमा राष्ट्रिय परिचयपत्रलाई सवारीचालक लाइसेन्सको रूपमा प्रयोग गर्ने बाटो खुला

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन ३१, २०८१

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबिच यससम्बन्धी समझदारीपत्रमा बुधबार संयुक्त हस्ताक्षर भएसँगै अब सवारीचालकले सवारी लाइसेन्स नै बोक्नुपर्ने वा त्यसको पर्खाइमा रहनुपर्ने बाध्यता हटेको हो ।

राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा (इ–सर्भिस) प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रको बुँदा नम्बर १२ मा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट जारी भएको राष्ट्रिय परिचयपत्रलाई सवारीचालक अनुमतिपत्रको रूपमा प्रयोग गर्ने व्यवस्था यातायात व्यवस्था विभागले गर्नेछ’ भन्ने उल्लेख छ । यससँगै अब राष्ट्रिय परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्न मार्गप्रशस्त भएको छ । ‘यो समझदारीले लाइसेन्सको जटिल समस्या हल हुने दिशामा गएको छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘अब यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी डाटाबेस व्यवस्थापन मात्र गर्छ ।

मन्त्रिपरिषद्को गत २३ जेठको बैठकले परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्नेसम्बन्धी निर्णय गरिसकेको थियो । यसपछि यही ३ साउनमा दुई विभागबिच राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । यिनै आधारमा दुवै विभाग मिलेर राष्ट्रिय परिचयपत्रमा नै लाइसेन्स आबद्ध गरिसकेका छन् । लाइसेन्स परीक्षणका लागि ट्राफिक प्रहरीले प्रयोग गर्ने सफ्टवेयर पनि तयार भइसकेको छ । परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्नेसम्बन्धी सम्पूर्ण आधार तयार भएको महानिर्देशक रिजालले बताए । अब परिचयपत्र नम्बर वा क्युआरका आधारमा लाइसेन्सको विवरण हेर्नका लागि ट्राफिक प्रहरीले अलग्गै मोबाइल डिभाइस माग गरेको छ । ट्राफिकले मोबाइल पाएर त्यसको परीक्षण सुरु गरेदेखि नै परिचयपत्रले लाइसेन्सको पनि मान्यता पाउनेछ ।

लिखित र ट्रायल पास गरिसकेका करिब १६ लाख नागरिक अहिले सवारी लाइसेन्सको पर्खाइमा छन् । जब कि ५० लाखभन्दा बढी राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागमा थन्किएका छन् । तिनै परिचयपत्रका कार्ड लाइसेन्सका रूपमा समेत प्रयोग गर्ने गरी निर्णय भएका हुन् । यसबाट लाइसेन्सको समस्या हल हुने अपेक्षा गरिएको छ ।

दुवै विभागले पारस्परिक सहकार्य गरी राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बरको प्रयोग गरी लाइसेन्सको विवरण हेर्न तथा रुजु गर्ने प्रणालीको विकास, परीक्षण तथा सञ्चालन गर्नुपर्ने समझदारीमा उल्लेख छ । जुन प्रणाली विकास भइसकेको छ । यसै प्रणालीबाट अब ट्राफिक प्रहरीले सवारीचालकको परीक्षण गर्नेछन् । प्रणालीले काम गरे/नगरेको रेखदेख तथा अनुगमन गर्ने र समझदारी कार्यान्वयन गर्ने क्रममा देखापरेका प्राविधिक विषयहरू संयुक्त रूपले सम्बोधन गर्न दुवै विभागबाट दुई/दुईजना सदस्य (निर्देशक) रहने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने पनि समझदारीमा उल्लेख छ ।

गरिएको हो । समितिमा गृह मन्त्रालयकी वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ सदस्यसचिव छिन् ।

यसले राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले तयार गरेको मोबाइल एप नेपाल प्रहरीलाई प्रदान गर्ने र नेपाल प्रहरीले आवश्यकताअनुसार ‘कस्टोमाइज’ गरी प्रयोगमा ल्याउने, यातायात व्यवस्था विभागले एप प्रयोगमा ल्याउने क्रममा आवश्यक पर्ने डाटा तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराउने, राष्ट्रिय परिचय तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबिच एपिआईमार्फत डाटा आदानप्रदान गर्न एमओयू गर्नेलगायतका विषयमा पनि निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]