२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

रुकुमपश्चिमको मुसीकोट जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपाल मुनि उपचार शय्याको अभाव

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन ३१, २०८१

 

रुकुमपश्चिम् । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकाले अस्पताल विकास समितिले वैकल्पिक शय्या व्यवस्थापन गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले १५ शय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नुपरेको जानकारी दिनुभयो । शय्याकै अभाव देखिपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शय्या व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

अस्पतालले गाडी पार्किङका लागि ग्रिल र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शय्या राखिएको छ । तत्कालका लागि चारवटा शय्या राखिएको र आवश्यक परेको अवस्थामा केही शय्या अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाइ छ । इमरजेन्सी वार्डसमेत भरिएपछि वैकल्पिक रूपमा शय्याको व्यवस्थापन गरिएको छ ।

हिजोआज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ । मनसुनजन्य विपदका घटनाहरु, मौसमी फ्लुलगायतका बिरामीहरू बढिरहेकाले वैकल्पिक शय्या थपिएको अध्यक्ष कुसारीले बताउनुभयो । बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको तर दरबन्दी र क्षमता भने १५ शय्याको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको अध्यक्ष कुसारीले उल्लेख गर्नुभयो ।
२०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन । छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुमपूर्वको अस्पतालको क्षमता वृद्धि गरिएको तर रुकुमपश्चिमको जिल्ला अस्पताललाई बेवास्ता गरिएको गुनासो छ । सेवा प्रवाहका हिसाबले यो अस्पताल अब्बल छ ।

हाल जिल्ला अस्पतालबाट बाल रोग र महिला तथा स्त्रीरोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेको छ । यसअघि हाड जोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले रोकिएका छन् । रोकिएको विशेषज्ञ सेवा समेत तत्काल सुचारु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । पछिल्ला वर्षमा जिल्ला अस्पतालको सेवा प्रभावकारी बन्दै गएपछि बिरामीको चाप बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]