२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

जिप दुर्घटना तीन जनाको मृत्यु पाँच जना घाइते 

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन ३१, २०८१

 

सिन्धुली । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका- ६ हैबारका पृथ्वी भुजेल , सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगरको ज्यान गएको हो ।

दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको थियो भने पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् ।

गोलन्जोर गाउँपालिकाको–६ को हैबार नाकाझोलीबाट सदरमुकाममा तरकारी तथा खाद्यान ओसार पसार गर्ने गाडी दुर्घटनामा परेको हो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]