२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पोशाक लगाएर सामाजिक सञ्जालमा भिडियो फोटो पोष्ट दुरुपयोग गर्ने एसएसपीसहित ९२ जना कारबाहीमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ३१, २०८१

काठमाडौं । सामाजिक सञ्जालमा मर्यादाविपरीत अवाञ्छिन गतिविधी गर्नेमा प्रहरीको संख्या पनि बढ्दै गएको पाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा गत आर्थिक वर्षमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सहित ९२ जना प्रहरी अधिकारी कारबाहीमा परेका छन्।

त्यस्तै एकजना प्रहरी उपरीक्षक(एसपी), दुईजना प्राविधिक प्रहरी नायब उपरीक्षक(डिएसपी), ६ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी वरिष्ठ नायव निरीक्षक, ४ जना प्रहरी नायव निरीक्षक, ६ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवल्दार, ३ जना प्रहरी हवल्दार, ६ जना प्रहरी सहायक हवल्दार, २ जना प्राविधिक प्रहरी जवान, ५३ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगीमाथि विभागीय कारबाही भएको तथ्यांकमा उल्लेख छ।

उनीहरुमाथि पोशाक लगाएर सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको, अवाञ्छिन च्याट गरेको, हतियार प्रदर्शन गरेको, राजनीतिक स्टाटसमा कमेन्ट गरेको वा लाइक गरेको लगायतका आरोप लागेका थिए। सोही आरोप पुष्टिपछि उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]