२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन ३१, २०८१

काठमाडौं । भक्तपुर बिहीबार दिउँसो ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको प्रत्यक्षदर्शीले जानकारी दिए ।

स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् ।  उक्त क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए ।  उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । अहिले उक्त क्षेत्रमा सवारी आवागमन समेत प्रभावित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]