२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

रुपन्देही प्रहरीको आयोजनामा अल्पसंख्यक समुदायसंग घरेलु हिंसा सम्बन्धी अन्तरक्रिया सचेतनामूलक

Logo
सिमा गुरुङ प्रकाशित बिहिबार, साउन ३१, २०८१

 

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा प्रहरी चौकी मेउडिहवा रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा स्थित प्रहरी चौकी मेउडिहवाको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ज्युको प्रमुख आतिथ्यतामा, सिद्धार्थनगर नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष, वडा सदस्यहरु, स्थानिय मानिसहरु समेत गरी अं. ८० जनाको उपस्थितीमा अल्पसंख्यक समुदायसंग अन्तरक्रिया तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।

साथै कार्यक्रममा विभिन्न बक्ताहरुले शान्ति सुरक्षा संग सम्बन्धित आ-आफ्नो जिज्ञासा ब्यक्त गरेकोमा सबैबाट उठेको पश्नहरुको जवाफ प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले उठेका जिज्ञासाहरुको जवाफका साथै सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]