२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

राष्ट्रिय अनुसन्धान बाँकेका एसपी ओम खड्काले असुली धन्दामा आतंक मच्चाए

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ३१, २०८१

 

बाँके । जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको पाइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको र अहिले विभागका घटना छानबिन गर्न समिति नै गठन गरिएको बताइन्छ।

विभागका आइजीको आडमा खड्काले धन्दा चलाएको आरोप छ। एसपी खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको बुझिएको हो। जसका लागि उनले हवल्दार गोविन्दजंग शाह, बुद्धिप्रसाद शर्मा र उदय अधिकारी लगायतको टोली बनाएको बताइन्छ। उनले व्यापारीलाई धम्क्याएर पैसा झार्ने गरेको आरोप लागेको हो।

उनीहरूले आरा मिल, इँटाभट्टा, रेस्टुरेन्ट, अवैध धन्दाका व्यापारी, क्रसर लगायतबाट असुली गर्ने गर्दछ्न्।

उनीहरूले तस्कर, हुण्डी कारोबारीसित पनि हात मिलाएर पैसा उठाउने गरेको स्रोतको दाबी छ। केही समय अगाडी सोही टोलीका एकजनाले नेपालगञ्ज उपमहानगरपालिका–११ जमुनाहा नाकाको भन्सार नजिकै कुटाई पनि खाएका थिए।

उनले एक सेटिङ गर्दैगर्दा केही समय अगाडि कुटाई खाएका थिए। त्यसपछि सो कुरा प्रहरीमा पनि पुगेकोमा अहिले थप छानबिन भैरहेको छ।

त्यस्तै सो जासुसी टोलीले सरुवा बढुवामा पनि आतंक मच्चाएको गुनासो छ। त्यैपनी उनीहरूमाथि कारबाही गर्नुको साटो सामान्य स्पष्टीकरण सोधिएको जनाइएको छ।हवल्दार गोविन्द जंग शाहले बाँके जिल्ला कार्यालय मर्मतको लागि आएको बजेटको समेत दुरूपयोग गरेको स्रोतको दाबी छ। महेन्द्रनगर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]