२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बारा प्रहरीले ठुलो मात्रामा ६२ किलो गाँजासहित हाईस गाडी पक्राउ

Logo
रोशन निधी प्रकाशित शुक्रबार, साउन ३२, २०८१

 

बारा। प्रहरी चौकी पथलैया बाराबाट प्र.स.नि.हरिन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८१-०४-३० गते बिहान अन्दाजी ०५:४० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नियमित चेक जाँच गर्ने क्रममा ना १ ज -८५५८ नम्बरको हाइस गाडीलाई रोक्दा नरोकी फरार भएकोमा शंकास्पद लागी उक्त गाडीलाई खोज तलास गर्दै जाने क्रममा ऐ.वडा नं.१ हुलाश फ्याक्ट्री स्थित रोकी राखेको अवस्था बाट उक्त गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको ६२ केजि लागू औषध गाँजा बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]