बाँके । नेपालगंज उप-महानगरपालिका वडा नं.०१ खजुरा रोड स्थित वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले नारायण बर्णवालको घरमा नामथर वतन नखुलेका व्यक्तिले भाडामा लिई बस्दै आएको कोठामा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याईएका चिनी, चामल, बदाम, मैदा, सुर्ती, पेय पदार्थ गरी अन्दाजी रु.२,०८,०००।दुई लाख आठ हजार बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको छ ।