काठमाडौं । संघले प्रतिक्रेट अन्डाको मूल्यमा २५ देखि ७५ रुपैयाँसम्मको गिरावट ल्याएको हो। यसअघि २८ असारमा तोकिएको अन्डाको मूल्यलाई संशोधन गर्दै संघले सोमबारदेखि लागु हुनेगरी नयाँ मूल्य निर्धारण गरेको छ।
संघको निर्णय अनुसार, सबैभन्दा ठूलो (एक्सएल) साइजको अन्डाको मूल्य अब प्रतिक्रेट ५ सय रुपैयाँ कायम गरिएको छ। यसअघि यो मूल्य ५ सय ३० रुपैयाँ थियो। त्यस्तै, ठूलो साइजको अन्डाको मूल्य ५ सय १० रुपैयाँबाट घटाएर ४ सय ८५ रुपैयाँ तोकिएको छ। मिडियम साइजको अन्डाको मूल्य पनि ४ सय ९० रुपैयाँबाट घटाएर ४ सय १५ रुपैयाँ कायम गरिएको छ।
संघका अध्यक्ष पोखरेलका अनुसार, अन्डाको मूल्य उत्पादन लागत, माग, र आपूर्तिका आधारमा निर्धारण गरिएको हो। पछिल्लो समय अन्डा उत्पादक किसानहरूले उत्पादन लागतमा आएको परिवर्तन र बजारमा देखिएको मागको आधारमा मूल्यमा संशोधन गरेका हुन्।