२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

आतङ्क मच्चाएको बाघ नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

 

चितवन । राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले मदरबाबा सामुदायिक वनबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

गत साउन ३२ गते बाघ विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको बगुबनको बस्तीमा पसेर स्थानीयलाई आतङ्कित बनाएको थियो । बाघले बगुबनमा दुईवटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेको थियो ।

बस्तीमा पसेर चौपायालाई आक्रमण गरेको बाघ नजिकैको मकै बारीमा पसेपछि स्थानीय त्रसित बनेका थिए । मकै बारीमा लुकेको बाघलाई प्रहरीले त्यसै दिन मदरबाबा सामुदायिक वनतर्फ धपाएको थियो ।

अन्दाजी ६/७ वर्षको भाले बाघ अर्को बाघसँग लडेर घाइते भएको मगरले बताउनुभयो ।  जङ्गलमा घाइते भएको बाघ बस्ती छिरेको थियो । निकुञ्जको टोलीले साउन ३२ गतेदेखि निरन्तर बाघलाई नियन्त्रणमा लिन प्रयास गरेको भए पनि आज मात्रै सफल भएको हो ।

बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली खटिएको थियो । अर्को बाघसँग जुध्ने क्रममा उक्त बाघको शरीरको पछिल्लो भागमा चोट लागेको मगरले बताउनुभयो । चितवनको सौराहा लगेर उपचार गरेपछि बाघलाई निकुञ्जमै छाडिने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]