२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको इन्सपेक्टर डिएसपी एसपीसम्मको सरुवा तयारी अन्तिम

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ०५, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी अघि बढाएको छ । एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेर हुन लागेको हो ।

एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ । जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ ।

गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा छन् । एसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया,नरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे चलखेलमा लागेका छन् ।

उनीहरुमध्ये एसपी सन्तोष तामाङ खर्च गरेरै तराईको जिल्ला जाने दाउमा लागेको स्रोत बताउँछ । यसअघि रसुवामा कार्यरत रहँदा सुन तस्करीमा समेत सघाएर उनले करोडौं सम्पत्ति कमाएका थिए ।

स्रोतका अनुसार तामाङले ललितपुरको झम्सीखेलमा बंगला र भक्तपुरमा करिब २० रोपनी जग्गा उनले जोडेका छन् । तामाङले श्रीमतीको नाममा कम्पनी खोलेर जग्गाको अवैध कारोबार गर्दै आएका छन् ।

सुन र भेपमा जोडिएका चालिसे थरका व्यक्तिसँग लिएको करोडौंको चेक फेलापरेपछि एसपी तामाङ प्रहरीको आन्तरिक छानविनमा तानिने अवस्था देखिएको छ ।

अन्य केही एसपीहरु पनि गृहमन्त्री निकट व्यक्तिलाई खुशी बनाएर जिल्ला जाने दौडधुपमा भएकाले यसपटकको सरुवामा अत्याधिक चलखेल हुने देखिएको छ ।

डिएसपी र इन्सपेक्टरहरु छ सरुवा मापदण्ड नै संशोधन गराउने चलखेलमा लागेका छन् । हालको मापदण्डअनसुसार क वर्गको कार्यालयमा दोस्रो पटक जान पाइदैन ।

तर केही शक्तिशाली अधिकृतहरु यस्तो प्रावधान हटाउन लागिपरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । डिएसपी सरुवामा उपत्यकाका वृत्तसहित विभिन्न जिल्ला र इप्रकाहरुमा हेरफेर हुँदैछ ।

काठमाडौंका बौद्ध, गौशाला, दरबारमार्ग, बानेश्वर, स्वयम्भु, जगाती लगायत वृत्तका इन्चार्ज फेरिदैछन् । वृत्तमा जान ठूलै नेताहरुमार्फत चलखेल भइरहेको छ ।
त्यस्तै, खोटाङ, संखुवासभा, प्यूठान, पर्वत लगायत जिल्लाको नेतृत्व फेरिदैछ । दुई ठूला दल कांग्रेस र एमाले सरकारमा भएकाले सरुवामा दुवै दलबाट सिफारिस भएका छन् ।

जसकारण यसपटकको सरुवामा बिचौलिया हावी हुने र इमान्दार अधिकृतहरुमाथि अन्याय हुने जोखिम बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!