२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीमा भएको ३० वर्षे सेवा अवधि तत्काल हटाउन माग गर्दै एसएसपीहरु सर्वोच्चमा रिट दायर

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ०५, २०८१

 

काठमाडौं । ३० वर्षे सेवा अवधि खारेज गर्नुपर्ने मागसहितको रिट दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन कुमार श्रेष्ठ समेतका वारेस कुमार बस्नेतले रिट दायर गरेका हुन् ।

नेपाल प्रहरीमा जनपद समूह तर्फ र सशस्त्र प्रहरीमा ठुलो संख्याका उच्च अधिकृतहरू अवकाशमा जाँदै छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन् । सशस्त्र युद्धमा लडेका उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर संगठनबाट बिदा हुन लागेका हुन् ।

अवकाश हुन लागेका अधिकांश अधिकृतहरू ५० वर्ष हाराहारीका छन् । कम उमेरमा अवकाशमा पठाउन लागिएको भन्दै उनीहरुले ३० वर्षे सेवा अवधि रिट दायर भएको मितिबाटै लागु नहुने आदेश गर्न माग गरेका छन् । सर्वोच्चमा दायर रिटमा भनिएको छ, ‘अनिवार्य अवकाश हुने भनी दिइएका पत्रहरुको निवेदनको अन्तिम टुंगो नलागुन्जेल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरिपाऊँ ।

अवकाश र सेवा अवधिको गणना गर्ने विषय ऐनमा नै तत्काल व्यवस्था गर्न माग गर्दै उनीहरूले अध्यादेश मार्फत कानुन ल्याउन परमादेशको आदेश जारी गर्नुपर्ने माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]