२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पीडित परिचालन संयोजन समिति गठन गर्दै द्वन्द्वपीडित अगुवाहरुको प्रदेश स्तरीयभेलाबाट लमही घोषणा पत्र जारी

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

दाङ । भालुवाङ द्वन्द्व पीडितहरुको सहभागितालाई सुनिश्चित गर्न र टिआरसी ऐन कार्यान्वयनमा दबाब दिने अभिप्रायका साथ दाङको देउखुरी लमहीस्थित हाेटल सिद्धार्थको सभाहलमा बुधबार अपरान्ह भेला सम्पन्न भएको र भेलाले संजय कुमार गुप्ताको संयोजकत्वमा २७ सदस्यीय पीडित परिचालन संयोजन समिति लुम्बिनी प्रदेश गठन गरेको छ ।

बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक पीडितहरुको माग वमोजिम प्रतिनिधी सभाबाट पारित भएकोमा ऐतिहासिक उपलब्धि मानेर भेलाले त्यसको स्वागत समेत गरेको छ । पीडित केन्द्रित संक्रमणकालीन न्यायको लागि लुम्बिनी प्रदेशमा क्रियाशील द्वन्द्व पीडित अगुवा प्रतिनिधीहरु भुईंतहका आम द्वन्द्व पीडितहरुले उठाउँदै आएका पीडित केन्द्रित मुद्धा सम्बोधन गर्न समेत ध्यानाकर्षण गरेको छ । ऐनलाई तत्काल कार्यान्वयन गर्न र सिफारिस समितिलाई पूर्णता दिई यथाशिघ्र पीडित केन्द्रित आयोग गठनको प्रक्रिया थाल्न भेलाले माग गरेको छ ।
आयोगले काम गर्दा आम पीडितहरुको पहुँचमा सहजता हुनेगरी पीडितहरुको समन्वयमा प्रदेश तथा स्थानीय इकाईहरु स्थापना गर्ने माग गरिएको छ ।
त्यसैगरि कोषको ब्यवस्थापन तथा सञ्चालनमा पीडितहरुको निर्णायकभूमिका, सहभागिता र पीडित केन्द्रित विधि बनाउनुपर्ने माग गरिएको छ ।

अति विपन्न तथा सिमान्तकृत पीडितहरुका दैनिक रोजिरोटी, शिक्षा तथा सीपमूलक तालिम, रोजगारीमा सहभागी गराउनका लागि भेलाले जोडदार माग राखेको छ । साथै शारिरीक तथा मानसिक स्वास्थ्य, आर्थिक अभाव, सामाजिक लाञ्छना जस्ता दैनिक ब्यवहारिक समस्यासँग जुधिरहेका यथार्थलाई ध्यान दिंदै प्रक्रियामा सशक्त रूपमा पीडितहरुकोे तात्कालीन समस्या समाधानको लागि सहयोग तथा राहत र परिपुरण कार्यक्रम लागू गर्नका लागि भेलाले सरकारको ध्यानाकर्षण गरेको छ ।

सहयोग तथा परिपुरण कार्यक्रम तर्जूमा गर्दा पीडितहरुसँगै उनीहरुको ब्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक तथा भौगोलिक अवस्थालाई बिशेष ख्याल गर्नुपर्ने, सामुहिक तथा सामुदायिक परिपुरणको नीति र विधि तर्जूमा गर्दा सिंगो समुदाय पीडित भएका क्षेत्रहरु जस्तै : थारु क्षेत्र (बर्दिया, दाङ, बाँके, कैलाली र कञ्चनपुर), राप्ती क्षेत्रः ( मगर समुदाय), कर्णाली क्षेत्र लगायत सिमान्तकृत समुदायलाई बिशेष पीडित क्षेत्र घोषणा गरी पीडितहरुको सहभागितामा परिपुरण कार्यक्रम लागु गर्न आग्रह गरिएको छ ।

परिपूरणका सबै कार्य संघिय सरकार र प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारले पीडितहरुको सहभागितामा परिचालन गरिनुपर्ने पीडित मुद्धाको स्थानीयकरण, सामाजिकरण तथा स्मृतिकरणको प्रक्रियामा पीडितहरुको अगुवाई र सहभागिता सुनिश्चित गर्न भेलाले जोड दिएको संजालका सदस्य विशाल खडकाले जानकारी गराए ।

भेलाबाट शान्ति सम्झौताले परिकल्पना गरेको राष्ट्रिय सहमति तथा रुपान्तरणमुखी न्याय अवलम्वन गरी सार्वभौम संसदबाट सर्वसम्मत ऐन पारित गर्न महत्वपूर्ण भूमिका खेल्ने मुख्य राजनीितक दलहरु, संसद र सरकारलाई धन्यवाद ज्ञापन गर्दै ऐनको इमान्दारपूर्वक कार्यान्वयनको कदम थाल्न सरकारसँग अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!