२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नर्स ममता काफ्लेको हत्या गरेको आरोपमा श्रीमान् नरेश भट्ट अमेरिकामा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौं । केहि हप्ताबाट हराएकी अमेरिकामा रहेकी नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेशले हत्या गरेको निचोडमा अमेरिकी प्रहरी पुगेको छ ।

प्रहरीको पत्रकार सम्मेलन तथा भट्ट पक्राउसँगै यो कुरा सार्वजनिक भएको हो। नरेश भट्टलाई श्रीमती मारेको अमेरिकाको भर्जिनिया राज्यको मनासस प्रहरीले गिरफ्तार गरेको छ।

भर्जिनिया राज्यमा नर्स पेसा गर्ने र नवआमा काफ्लेले हराउनु अगाडि आफ्नो श्रीमानले सन्तानलाई नहेरेको भन्दै अलग हुने बारेमा सल्लाह लिएकी थिइन्।

उनले सामाजिक सञ्जालको महिला समूहमा यो आग्रह गरेकी थिइन्। भट्ट पक्राउमा नेपाली समुदाय खुशी भएको छ ।

सोही राज्यका एक नेपाली प्रसन्न सङ्ग्रौलाले टिप्पणी गरेका छन्, ‘कस्ता कस्ता नर पिचासहरूको जन्म हुन्छ यो दुनियाँमा !! स्वर्गीय ममता काफ्लेको आत्माले तब मात्र शान्ति पाउँछ जब यो नरपिचासलाई कानुनी रूपमा सदाका लागि काल कोठरीमा राखिनेछ।यस्तो दुखद घडीमा काफ्ले परिवारलाई हामी सबै मिलेर न्याय र राहत दिलाउन लागि पर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!