२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

एआईजी किरण बज्राचार्य र डिआईजी कृष्णहरी शर्माद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण

Logo
सागर थापा प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा शुक्रवार जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौको नव-निर्मित भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर काठमाण्डौ मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ जिल्ला देशकै सबैभन्दा बढि जनसंख्या रहेको, VVIP तथा VIP हरुको बसोबास रहेको, Vital Installations रहेको तथा अपराधको समेत चापको कारणले सबैभन्दा बढि संवेदनशिल र चुनौतीपूर्णरहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।

नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा भवन जस्तै सुन्दर सेवा प्रवाह गरी नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना सङ्कलनलाइ प्रभावकारी बनाउने, प्राप्‍त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।

सोहि क्रममा परिसर काठमाण्डौ तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आपराधिक गतिविधिहरू प्रति कठोर भई संलग्न उपर कानूनी कारवाही गर्नुका साथै प्रहरीको सेवा प्रवाहलाई अझ प्रभाबकारी तथा उत्कृष्ट ढङ्गबाट सम्पादन गर्न निर्देशन दिनु भयो ।
त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक।ने हुनाले चाडपर्व केन्द्रित सुरक्षा योजना बनाइ सोहि अनुरुप काम गर्न समेत निर्देशन दिनुभयो ।

  1. कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली, जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]