२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

मुलुककाे अवस्था र जनताकाे व्यवस्था बदल्न दुई ठुला दल एक ठाउँमा आएकाे नेताहरुको जोड

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

दाङ । नेकपा एमाले गढवा गाउँ पार्टीको आज देखि दाङ-देउखुरीकाे गढवामा शुरू भएकाे दाेस्राे अधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

पाेलिटब्युराे सदस्य चाैधरीले मूलुकमा यति बेला स्थायित्व  र स्थायी सरकारकाे आवश्यक रहेकाेले काँग्रेस-एमालेकाे सरकार बनेकाे बताउनुभयाे । उहाँले व्यवस्था माथि नै प्रश्न उठ्न थालेकाे भन्दै जनताले अपेक्षा गरेकाे विकास र समृद्ध वर्तमान सरकारले मात्र दिन सक्ने ठाेकुवा गर्नुभयाे । पार्टीको दाङ जिल्ला इन्चार्ज समेत रहनु भएका पाेलिटब्युराे सदस्य चाैधरीले दुई ठुला दल नमिल्दा मुलुकमा अस्तबेस्त र स्थरिता पैदा भएकाे बताउनु भयाे । उहाँले याे सरकार ०८४ सम्म कायम रहनेमा कुनै शंका नगर्न आग्रह समेत गर्नुभयाे ।

पार्टीका गढवा गाउँ कमिटी अध्यक्ष बाबुराम अधिकारीकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमालेका आर्का पाेलिटब्युराे सदस्य शान्ता चाैधरीले पार्टीलाई कस्ताे बनाउने जिम्मा नेता र कार्यकर्ताकाे काँधमा आएकाे बताउनु भयाे । उहाँले देश र जनताका लागि आसा लाग्दाे पार्टी एमाले भएकाेले मुलुककाे विकास र समृद्धिका लागि नेता र कार्यकर्ताले त्यागकाे भावना विकास गर्न आग्रह गर्नुभयाे ।

कार्यक्रमकाे विशिष्ट र अतिथी समेत रहनु भएका पाेलिटब्युराे सदस्य चाैधरीले एमालेका नेता र कार्यकर्ताहरू अनुशासित बन्न आग्रह समेत गर्नुभयाे । साथै उहाँले एमालेका कार्यकर्ताहरू उद्यमशिल भई स्वराेजगार बन्न प्रेरिणत समेत गर्नुभयाे । उहाँले बिगतमा आफूले थुप्रै आर्थिक अवस्थाकाे सामाना गर्नु परेकाे उदाहरण दिंदै अब हरेक कार्यकर्ता उद्यमशिलता संग जाेडिन आग्रह गर्नुभयाे ।

यस्तै अधिबेशनलाई सम्बाेधन गर्दै एमालेका केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्माले एमालेका नेता कार्यकर्ताहरू पार्टी र जनताप्रति बफादार, ईमान्दार, जवाफदेही र प्रशिक्षित भएकै कारण एमाले बलियाे शक्तिकाे रूपमा स्थापित भएकाे बताउनुभयाे । उहाँले बिगतमा एमालेका बिरूद्ध ठुलाे षड्यन्त्र हुन खाेजेपनि नेता र कार्यकर्ताहरूकाे कार्यशैली, संगठनकाे संरचना काँग्रेस, माओवादी भन्दा फरक र माैलिक भएकै कारण एमाले मुलुककाे लाेकप्रिय पार्टी बनेकाे ठाेकुवा गर्नुभयाे । उहाँले पाँचाैँ महाधिवेशनबाट एमालेले लिएकाे सिद्धान जनताकाे बहुदलीय जनबादले नै एमाले जनताका माझ लाेकप्रिय बन्दै गएकाे जिकिर गर्नुभयाे

कार्यक्रमलाई सम्बाेधन गर्दै एमालेका केन्द्रीय सदस्य साजिदा सिद्धिकीले वर्तमान एमाले नेतृत्वकाे सरकार बनेपछि जनतामा आसा पलाएकाे बताउनुभयाे । उहाँले मुलुककाे विकास र समृद्धि सहितकाे विकासकाे खाका एमाले संग मात्र भएकाे बताउँदै केन्द्रीय सदस्य सिद्धिकीले एमाले सरकारकाे नेतृत्व गर्दा जनताले विकास र समृद्धिकाे अनुभूति गर्न पाएकाे समेत बताउनुभयाे । उहाँले एमाले नेतृत्वकाे सरकारले नै जनताकाे जनचाहना अनुरूप काम गरेर मूलुकलाई स्थाइत्व प्रदान गर्ने बताउनुभयाे ।

पार्टीका गढवा गाउँ कमिटी उपाध्यक्ष मधा न्याैपानेकाे स्वागत मन्तव्यबाट शुरू भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका लुम्बिनी पदेश सचिव लक्ष्मण आचार्य, पार्टीका दाङ जिल्ला अध्यक्ष शिबकुमार आचार्य, नेपाली काँग्रेसका गढवा सभापति किरण पाैडेल, राप्रपा गढवाका बाबुराम ठकुरी र राजमाेका कपिलदेब खनाल लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे ।

अधिवेशन उद्घाटन कार्यक्रममा पार्टीका प्रदेश सदस्य हुकुमबहादुर बस्नेत, सुरामणि बेल्बासे, रामजी चाैधरी, जगतप्रसाद पाेख्रेल, कुलबहादुर केसी र मिना गुरूङ्ग, दाङ जिल्ला उपाध्यक्ष मनाेहर बुढाथाेकी, जिल्ला सचिव श्याम डाँगी, जिल्ला सह-सचिव सीता चाैधरी, क्षेत्र नम्बर १ का इन्चार्ज सहजराम यादब, जिल्ला पार्टी सचिवालय सदस्य सानू नारायण, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्यद्वय सन्ताेषकुमार गुप्ता, बिदुर एमसी, जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जा लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे । अधिवेशन उद्घाटन कार्यक्रमकाे सञ्चालन भानुप्रसाद यादबले गर्नु भएकाे थियाे ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताईएकाे छ ।  याे समाचार तयार पार्दा समेत बन्दसत्र जारी रहेकाे छ भने सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि छलफल भईरहेकाे नेकपा एमाले गढवाले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!