२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाघको आक्रमणबाट एकवृद्धको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, भाद्र ०८, २०८१

 

पर्सा । सोही वडाका ६० वर्षीय तुलसी राउत थारूको बाघको आक्रमणबाट मृत्यु भएको जिराभवानी गाउँपालिका-५ मा बाघको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । सोही वडाका ६० वर्षीय तुलसी राउत थारूको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।

घर नजिकको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका थारू रातिसम्म घर नफर्किएपछि परिवारजन शनिबार बिहान खोजीका लागि जंगल गएका थिए । जंगलको करिब २ सय ५० मिटर भित्र उनको शव फेला परेको थियोे ।

बाघले थारूको दाहिने खुट्टा र देब्रे हातमा आक्रमण गरेको प्रहरी निरीक्षक बुढाथापाले बताए । उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ ।

मानव बस्तीको करिब १ किमिसम्मै बाघ आइपुगेकाले नियन्त्रणका लागि पर्सा रास्ट्रिय निकुञ्जलाई सूचना गरिएको र निकुन्ज्को टाेली घटनास्थलतर्फ आउन लागेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]