२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पर्सामा सुरक्षाकर्मीको मिलोमतोमा बारवा नाकाबाट खुल्याम तस्करी स्थानीयहरूको गुनासो

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०८, २०८१

 

पर्सा । स्थानीयहरूले बारम्बार तस्करी भइरहेको बताए पनि बोर्डर आउट पोस्ट (बीओपी) अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारी भने मौन बसेका छन्।

पर्साको बारवा नाकाबाट खुल्याम तस्करी भइरहेको भिडियो यहा किल्की गर्नुस

स्थानीयहरूका अनुसार डिएसपी अधिकारीले आफ्नो माथिल्लो निकायको आदेशको अवज्ञा गर्दै नाकालाई ‘कमाइ खाने भाँडो’ बनाएका छन्। बारवा नाकाबाट भइरहेका तस्करीका दृश्यहरू स्थानीयहरूले मोबाइलबाट खिचेर प्रमाणित गरेका छन्।

उक्त नाकाबाट हुने तस्करीको गतिविधिलाई रोक्न सशस्त्र प्रहरी उपरीक्षक (एसपी)  समेत आदेश रहेको भए पनि त्यसको बेवास्ता गर्दै ठूला पाँच जना तस्करहरूलाई तस्करीको लाइन दिएको आरोप स्थानीयले लगाएका छन्।

तस्करी रोकथामका लागि सुरक्षाकर्मीहरूको भूमिका प्रभावकारी हुन नसकेको र यसले गर्दा तस्करीको घटना झन् बढ्दै गएको स्थानीयहरूको भनाइ छ। यो घटनाले सुरक्षाकर्मीहरूको भूमिकाप्रति स्थानीय समुदायमा आशंका पैदा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]