२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रुसी सेनामा ६१ नेपालीहरुले ज्यान गुमाए नेपाल फर्कन अधिकांश नेपालीहरू कातिक मंसिर भित्र नेपाल आइपुग्ने

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र ०८, २०८१

 

काठमाडौं । दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत सफलता प्राप्त नगरेका बेला नेपालले भने फिर्ता हुन इच्छुक सबैजसो नागरिकहरूलाई फिर्ता ल्याउने सफलता प्राप्त गरेको हो।

यससँगै रुसी सेनाको तर्फबाट युद्धमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्ने देखिएको छ।

हाल चलिरहेको छानबिनबाट पुष्टि भए युद्धमा मारिने नेपालीहरूको संख्या ३ दर्जनबाट बढेर पाँच दर्जन नाघ्न सक्छ।

रुस–युद्ध युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ।

तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप २२ नेपालीको डीएनए परीक्षण भइरहेको जानकारी गराएको छ।

डीएनए परीक्षणबाट पुष्टि भएपछि रुसले यससम्बन्धी जानकारी नेपाली पक्षलाई दिने गर्छ। त्यसपछि उनीहरूको मृत्यु भइसकेको आधिकारिक जानकारी सार्वजनिक गरिन्छ।

आधिकारिक जानकारीका साथ रुसी पक्षले मृतकहरूको क्षतिपूर्ति लगायतको प्रक्रिया सुरु गर्छ। अहिले डीएनए परीक्षण हुँदै गरेका सैनिकहरू सबै नेपाली रहेको पुष्टि भए रुस–युक्रेन युद्धमा मारिने नेपालीहरूको संख्या ६१ पुग्नेछ।

मृत्युको आधिकारिक पुष्टि भएका ३९ नेपालीबाहेक ६ जना नेपालीहरू युक्रेनको कब्जामा छन्।

नेपालका अलावा भारत र श्रीलंका लगायतका दक्षिण एसियाली मुलुकहरूबाट पनि रुसी सेनामा युवाहरू भर्ती भएका छन्।

तर, आफ्ना नागरिक फिर्ता ल्याउने सम्बन्धमा भारत र श्रीलंकाको तुलनामा नेपालले अधिक सफलता प्राप्त गरेको छ। हालसम्म १ सय ७० जना नेपालीहरू रुसी सेनाबाट स्वदेश फिर्ता भइसकेका छन् र केही नेपालीहरू फिर्ता हुने प्रक्रियामा छन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो संख्या मस्कोस्थित नेपाली राजदूतावासबाट आवश्यक कागजात बनाएर फिर्ता हुनेहरूको आधिकारिक तथ्यांक हो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।