२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

मलेसियामा अलपत्र परेका १३ जना नेपाली कामदार स्वदेश फर्किँदै

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ०९, २०८१

 

काठमाडौं । मलेसियामा अलपत्र परेका १५ मध्ये १३ नेपाली कामदार नेपाल फर्किन लागेका छन् । विभागले चासो लिएपछि म्यानपावर कम्पनीले उनीहरूलाई स्वदेश फर्काउन लागेको हो ।

१५ जनामध्ये १३ जना बिहीबार मलेसियाबाट दिल्ली आएको सिराहाको लहान नगरपालिका– २३ का मोहनकुमार साहले बताए । दुईजना मलेशियाको आरके कम्पनीमा काम गर्न सुरु गरे । १३ जना दिल्ली आएको साहले बताए । शुक्रबार दिल्लीवाट काठमाडौं आउने उनले जानकारी दिए ।

‘१५ जना नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र परेका थियो । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि दुई महिनादेखि अलपत्र थियो। काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उनीहरूलाई उडाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]