काठमाडौं । मित्र राष्ट्र South Korea को Sungkyunkwan University ( SKKU) मा मिति २०८१।०५।०९ गतेदेखि २०८१।०५।०१६ गते (तदनुसार 25 August- 01 September, 2024) सम्म आयोजना हुने “4th Invitation Training for Enhancing Cyber Investigation Capabilities” for the Establishment of Cyber Bureau with Capacity Building for Nepal Police

विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन आज मिति २०८१।०५।०८ गते प्रस्थान गर्नुपूर्व काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलले बिदाई गर्नु भएको छ । साथै उक्त कार्यक्रममा नेपाल प्रहरीको तर्फ प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा १२ जना प्रहरी कर्मचारी सहभागी हुनुहुनेछ ।