२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी निवास अगाडि शङ्कास्पद वस्तु फेला सेनाको निगरानी

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०९, २०८१

धनगढी । उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो ।

नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो ।
बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।

उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]