२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

होटेल पौवा दाङका म्यानेजर शर्माले आफ्नो जन्मदिनको अवसरमा बालकलाई शिक्षाको लागि ४ हजार सहयोग

Logo
सागर थापा प्रकाशित आइतबार, भाद्र ०९, २०८१

 

दाङ । घोराही होटेल पौवा घोराहीका म्यानेजर केडी शर्माले आफ्नो जन्मदिनको अवसरमा बालकलाई सहयोग गरेका छ्न होटेलका सुरक्षा गार्ड शिव शिर्पालीका पाँच वर्षीय छोरा चुमान शिर्पालीको शिक्षाका लागि उनले चार हजार रुपैयाँ सहयोग गरेका हुन् ।

जन्मदिनमा अन्य खर्च नगरी बालकको शिक्षामा सहयोग गरेको शर्माले बताए । चुमानको आमा नभएको र बुवाले मात्रै होस्टेल मै राखेर हुर्काउँदै आएकोमा अब शिक्षामा सहयोग मिलोस् भनेर जन्मदिनको खर्च कटौती गरी सहयोग गरेको उनले जानकारी दिए ‘जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा बालकको शिक्षामा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ,’ उनले भने,‘यसबाट बालकको शिक्षामा सहयोग मिलोस् भन्ने मेरो चाहना छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]