२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ महिला जेसिजको आयोजनामा जेसिज सप्ताह २०२४ को समापन

Logo
Abc Sanchar प्रकाशित आइतबार, भाद्र ०९, २०८१

 

दाङ । घोराही दाङ महिला जेसिजकी अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महिलाहरूको अधिकार र सशक्तिकरणका लागि दाङ महिला जेसिजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले उपमहानगरपालिकाले महिला, दलित, जनजाति तथा पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

वन महासङ्घका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले आधा आकाश ढाक्ने महिलाहरूको अधिकारका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले विगतको आन्दोलनकै परिणामस्वरूप राज्यका हरेक क्षेत्रमा महिलाहरूलाई ३३% अधिकार सुनिश्चित गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिभुवन नगर जेसिजका पूर्व अध्यक्ष लालमणि भण्डारी, त्रिभुवन नगर जेसिजका अध्यक्ष रविकिरण केसी, दाङ महिला जेसिजकी संस्थापक अध्यक्ष निर्मला गौतम, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोखरेल, दाङ महिला जिसिस्की संस्थापक कानुनी सल्लाहकार ऋतु जोशी, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दाङ महिला जेसिजका उपाध्यक्ष एवं समापन कार्यक्रमका संयोजक आराधना सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव सुनिता अधिकारीले गर्नुभएको थियो ।

जेसिज सप्ताहको अवसरमा विभिन्न रचनात्मक एवं सामाजिक काम गरिएको संयोजक ठकुरीले जानकारी दिनुभयो ।
कार्यक्रमको मूल संयोजकको जिम्मेवारी मीना भण्डारीले निर्वाह गर्नुभएको थियाे ।
कार्यक्रममा रेमन्ता पुनले जेसिज आस्था पाठ गर्नुभएको थियो । कार्यक्रममा सहभागीलाई अर्चना शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]