२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

पर्सा जिल्ला बिरगंजमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र १०, २०८१

 

पर्सा । वीरगन्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय कारको बिक्री प्रारम्भ भएको छ।निरज अटोमोबाइल प्रा.लि वीरगन्जले सोरुम स्थापना गरेर सो कारको बिक्री–वितरण वीरगन्जको गण्डक बाट सुरु गरेको छ।सोरुमको उद्वघाटन कार्यक्रम निरज अटोमोबाइलका निरज सरार्फ,पंकज अग्रवाल,उत्तम अग्रवालले संयुक्त रुपमा रिबन काटेर सोरुमको उद्वघाटन गरेका छन ।

निरज अटोमोबाइल प्रा.लि.का अध्यक्ष आकाश सरार्फका अनुसार बीवाईडी परिवारको हिस्सा हुदा हामी उत्साही भएको बताए। `बीवाईडी´ मा हामी नयापन,दिगोपना अवस्मर्णिय भबिस्यलाई आकार दिन प्रतिवद्व समेत रहेको उनले बताए।गाडी वातावरण मैत्री भएको हुँदा अत्यधिक रुचाइएको छ।विद्युतीय गाडी चलाउन पनि सहज, खर्च पनि कम र यात्रा पनि आरामदायी हुने बताए।आवश्यकता अनुसार चार्ज गरेर चलाउन सकिने र एक पटक फूल चार्ज भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने उनले जानकारी दिए ।

`बीवईडी´ का आधिकारिक बिक्रेता इमेक्स इन प्रा.लि.का सेल्स हेड आशुतोष गौतमले अहिले १५ वटा भन्दा बडि BYD शोरूमहरु सञ्चालनमा ल्याएको छ र बिस्तारै नेपाल भरी थप शोरूम योजना बनाइरहेको छ, जसले EVs लाई नेपालमा बढी पहुँच योग्य बनाउँछ। त्यस्तै उअन्ले चार्जिङ नेटवर्क: कम्पनीले 33 DC Fast Chargers स्थापना गरेको छ र 2024 सम्म यसलाई 100 भन्दा बढीमा विस्तार गर्ने योजना बनाएको छ, जसले निजी क्षेत्रको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क अपरेटरको स्थान प्राप्त गरेको छ।

BYD, १९९५ मा स्थापित भएको, एक प्रमुख विश्वव्यापी ब्रान्ड हो जसले नयाँ ऊर्जा वाहन (NEV) मा अग्रणी प्रगति गरेको छ। ७० भन्दा बढी देश र ४०० शहरमा उपस्थित BYD ले NEV क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको छ।

नेपालमा ४५०० भन्दा बढी BYD वाहन सञ्चालनमा छन् र साइमेक्स इन प्रा. लि Asia Pacific Major Contribution Distributor Award र Sales Contribution Award जस्ता प्रमुख मान्यता प्राप्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]