२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सशस्त्र प्रहरीले अबैध रुपमा लुकाई छिपाई राखेको रक्तचन्दनसहित एकजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र १०, २०८१

 

नवलपरासी । आइतबार बिहान अन्दाजी २ बजे रामग्राम नगरपालिका- ८ स्थित लोहसदाह बस्ने प्रमोद गिरीको घरमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले रक्तचन्दन सहित उनलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २६ नन्बर गढ नवलपरासीबाट खटिगएको नेतृत्व टोलीले महेशपुर भन्सार कार्यालयका प्रमुख र नेपाल प्रहरीको टोलीको उपस्थितिमा गिरीको घर खानतलासी गर्दा चिरान रक्तचन्दन काठ ८१ थान (१३० केजी) बरामद गरिएको सशस्त्र प्रहरी बल २६ नम्बर गढ नवलपरासीका प्रमुख एवम एसपी प्रकाश वाक्लेले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

नेपालमा रक्तचन्दन अबैध रुपमा किन बेच गर्दा प्रति केजी रु. १५०००/- मा कारोबार हुने जानकारहरुले बताईन्छ । जसको अन्दाजी मूल्य रु. १९,५००००/- पर्न जान्छ ।

उक्त बरामद रक्तचन्दनसहित गिरीलाई डिभिजन बन कार्यलाय परासीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गढ नवलपरासीका प्रमुख एसपी वाक्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]