बाँके । नेपालगन्ज बब्लु जैसवालले सञ्चालन गरेको सत्यम फ्यान्सी वस्त्रालयमा आज राती करिब साढे ९ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालयबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा साढे १० बजे आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसिले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।