२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीको ठूलो सफलता १ करोड ५ लाख ३३ हजारको सुन र चाँदीसहित ४ जना पक्राउ

Logo
सागर थापा प्रकाशित मंगलबार, भाद्र ११, २०८१

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुना सुन र साढे १० केजी चाँदी र ०३०१–०२४ च ६७६३ नम्वरको कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद गरिएको सुनचाँदीको मुल्य एक करोड पााच लाख तेत्तिस हजार चार सय बराबरको रहेको छ ।

कार राजापुर ८ बर्दियाका ४० वर्षीय नेपाली थारुले चलाएका थिए । कारमा सवार निम प्रकाशबाट सुन जस्तो देखिने ६७ ग्राम पहेलो धातुका टुक्रा र राहुलको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम पायल तथा तार बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नेपालगन्ज २ मा महेश मुराउले संचालन गरेको पशुपति सुन चाँदी रिफाइन कारखानामा तलासी गर्दा अवैध सुनजस्तो देखिने ३४० ग्राम धातु र चाँदी जस्तो देखिने १० केजी ४४१ ग्राम तौल रहेको धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सोही कारखानामा रहेका ओमजंग चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सुनचाँदी र कार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]