२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना एसएसपीहरुको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १३, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ ।

विनोदराज श्रेष्ठलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग, प्रविण कँडेललाई मानवश्रोत विभाग, दिगविजय सुवेदीलाई कार्य विभाग र विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । कमलप्रसाद तिउसीना नम्बर–५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका छन् । नीरकृष्ण अधिकारीलाई नम्बर–९ पशुपति बहिनीमा सरुवा गरिएको छ ।

राजस्व भन्सार तथा औधोगिक तालिम शिक्षालय टिकपुरमा नरेन्द्र सेन, नवलपरासी स्थित सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा शंकर खनाल र झापास्थित पाथिभरा जवान तालिम शिक्षालयमा राजेश उप्रेतीलाई सरुवा गरिएको छ ।

जवान तालिम शिक्षालय नौबस्तामा गंगाराम श्रेष्ठ, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा नेत्रबहादुर कार्की र नम्बर–४ बाहिनी मुख्यालयमा रमेशकुमार पाण्डेलाई सरुवा गरिएको छ ।

विकाश घिमिरेलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय र जहरसिंह बुढामगरलाई कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा निर्णय गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]