२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बिरगंज यातायातमा अख्तियारले निगरानी गर्दा १०% पास हुन्छन अख्तियार नहुदा ७०% पास हुन्छ कसरी ?

Logo
राहुल गुप्ता प्रकाशित बिहिबार, भाद्र १३, २०८१

पर्सा स्थित केहि महिना पहिले बिरगंज यातायात व्यवस्था कार्यालयमा बढेको बेथिति सार्वजानिक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालयलाई सूक्ष्म निगरानीमा राखेको थियो।

सवारी चालक अनुमति प्रमाणपत्र बनाइदिएबापत,’मोटो आर्थिक चलखेल’ हुने गरेको सञ्चार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले बिरगंज यातायातमा सूक्ष्म निगरानी गरेर हरेक सवारी चालक अनुमति प्रमाणपत्रको प्रक्रियामा रेखदेख बढाएको थियो र लिखित तथा ट्रायल जाचमा १०% हाराहारीमा परिक्षार्थी मात्र पास हुने गरेका थिए ।

तर अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिरगंज यातायात कार्यालयबाट गएपछी जाच दिएर पास हुने परिक्षार्थीको संख्या लगभग ७०% भएको छ।कसरी केही दिन पहिला १०% मात्र पास हुने परिक्षार्थी अहिले ७०% पास भइरहेका छन।यसको मुख्य कारण बिरगंज यातायात कार्यालयमा पैसाको चलखेल घुसखोरी रहेको छ।

यातयात कार्यालयका प्रमुख कै नेतृत्वमा यहाँ लाइसेन्स बिक्रीवितरण हुँदै आएको छ। तलदेखि माथिसम्म सेटिङ गरेर लाइसेन्स बिक्रीवितरणबाट मासिक ३० करोड भन्दा बढि रूपैयाँ अनाधिकृत रूपमा असुल्दै आएको सार्वजानिक भएको छ।

विगतको दिनमा सो कार्यालयमा हुने ट्रायल परिक्षा र लिखित परिक्षाको दिन अख्तियारको टोली पुगीर आफ्नो रोहबरमा आर्थिक कारोबार बन्द गराएको र अहिले अख्तियार टोली नआउदा व्यापक रुपमा भ्रष्टचार बढे पछि अख्तियार माथि नै शंकाको बिषय बनेको सेवाग्राहीहरुले बताएका छन।

अहिले बिरगंज यातायात कार्यलयका प्रमुख कमल गौतम र उनको बिश्ववास पात्रको रुपमा रहेको ड्राईभर शम्भु गुरुङले यातायात कार्यालय भित्र रहेको बिचौलियाहरु मार्फत मोटो रकम उठाई फेल भएकाहरुलाई पास गराउने गरेको नाम नछाप्रने सर्तमा एक बिचौलियाले बताएका छन।

बिरगंज यातायात कार्यालयमा सवारी लाइसेन्सका लागि हुने लिखित तथा ट्रायल परीक्षाको सम्पुर्ण जिम्मेवारी प्रमुख गौतमले कार्यालय सहयोगी सम्भु गुरुङलाई दिएका छन। करारका कर्मचारी भएपनि यातायात कार्यालय बिरगंजमा जो पनि प्रमुख आए पनि सबै अबैध धन्दा गराउने जिम्मेवारी शम्भु गुरुङलाई नै दिने गरेका छन।उनी बिचौलिया मार्फत पैसा उठाउने विभिन्न शक्तिशाली व्यक्ति मन्त्रीहरुको आगेपाछे विभिन्न निकायका प्रमुखहरु लाई कोटा निर्धारण गरी दिने गरेका छन।

सेवाग्राहीका अनुसार मोटरसाइकल को लाइसेन्स बनाइए वापत दलालहरुले १५ हजार,जिप चारचक्काको ३० देखि ३५ हजार भन्ने हेबी लाईसेन्सको ७५ हजार देखि १ लाख सम्म रुपैया लिई नयाँ लाईसेन्स दिने गरेको छन।

त्यस्तै यातायात कार्यालयको प्रमुख कमल गौतमले कार्यालय भित्र बिचौलियाहरु प्रयोग गरी अवैध रुपले फर्म भरि लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएका व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्।

चितवन जिल्ला निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई दाई महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफुलाई करारको ड्राईभरमा नियुक्ती लिन सफल भएका थिए । गुरुङ्ग ड्राईभरको नियुक्ती लिए पनि उनको मुख्य काम बिचौलियाको रहदै आएको घाम जस्तै छर्लङ्ग रहेको छ । उनी कार्यालयको प्रमुख हुन कि कार्यालय सहयोगी ? प्रायःलाई ठम्याउन गा¥हो हुदो रहेको सेवाग्रहीहरु नै बताउदछन् ।

अहिले यातायात कार्यलयमा कार्यालय प्रमुखले बिचौलिया नै करारमा नियुक्ति दिएर पैसा असुलीमा लगाएका छन।अहिले यातायात कार्यलयमा ४०% स्थाई कर्मचारी छन भने ६०% भन्दा बडि करारका कर्मचारीहरु रहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]