२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सशस्त्र प्रहरीको ४ जना डीआईजीको सरुवाप

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १३, २०८१

 

काठमाडौं । गृहमन्त्रीस्तरको भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकको सरुवा भएको हो ।

सशस्त्र प्रहरी मुख्‍यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्‍यालय सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

सुरक्षा परिषद्‌मा रहेका डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं‌-५ विन्ध्यवासिनी बाहिनी मुख्‍यालय रुपन्देहीमा पठाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नं-६ महेश्वरी बाहिनी मुख्‍यालय सुर्खेतमा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]