२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

भारतीय राज्य गुजरातमा ३ दिनदेखि जारी वर्षाका कारण धेरै क्षेत्रहरु जलमग्न

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र १३, २०८१

 

काठमाडौं । भारतका समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भइसकेको छ।

बाढीका कारण गुजरातका धेरै क्षेत्रमा मानिस अलपत्र परेका छन्। राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ।

मुसलधारे वर्षाले सौराष्ट्रका जताततै विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ।

भारी वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ। खोलाको पानी आसपास क्षेत्रमा पसेपछि मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका छन्।

गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट १ हजार ६ सय ९६ जनालाई विस्थापित गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]