२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

भन्सार छलेको १६ लाखको चिनी र ट्रक रुपन्देही प्रहरीको नियन्त्रणमा

Logo
सिमा गुरुङ प्रकाशित बिहिबार, भाद्र १३, २०८१

 

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट भन्सार छलेर लोड गरी पोखरातर्फ लैजान लागिएको २ सय १० बोरा चिनीसहित ट्रक भैरहवा भन्सार कार्यालयले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।

भैरहवा । लुम्बिनी सडक खण्डमा पर्ने बेथरी नजिकै सडकबाट लु २ ख २८३६ नम्बरको ट्रक र चालकसहित अवैध रुपले भारतबाट भित्र्याइएको उक्त चिनी भन्सार टोलीले नियन्त्रणमा लिएको हो । चिनी र ट्रकको मूल्य १६ लाख रुपैयाँ छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले ६ दिनको अन्तरालमै भन्सार गस्ती टोलीले भैरहवा–लुम्बिनी सडक खण्डबाट अवैध चिनीसहितको ट्रक नियन्त्रणमा लिएको बताए ।

गौतमका अनुसार पक्राउ परेका चालक रुपन्देहीको मायादेवी गाउँपालिका–२ निवासी ३५ वर्षीय शिवकुमार यादव हुन् । रुपन्देहीको झुलनीपुरबाट उक्त चिनी लोड गरी पोखरातर्फ लैजान लागेको कुरा प्रारम्भिक बयानका क्रममा चालकले बताएका छन् ।

चिनीको मूल्य ६ लाख र ट्रकको मुल्य १० लाख रुपैयाँ कायम गरिएको छ । चिनी बोरामा खन्याएर सिलाइएको छ । यसअघि भन्सार टोलीले गत शनिबार भैरहवा–लुम्बिनी सडक खण्डमा पर्ने रुपन्देहीको रमवापुरबाट भन्सार छलि गरिएका २ सय ४० बोरा चिनीसहित ग २ ख १२९० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!