२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाली सेना अधिकृत क्याडेटको तलब वृद्धि

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १३, २०८१

 

काठमाडौं । पहिले सेनामा प्रवेश गरेर तालिमरत अधिकृत क्याडेटले अब सहायक सेनानी बराबरकै तलब पाउने गरी वृद्धि गरेको २४ भदौदेखि अवकाशमा हुन लागेका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो अन्तिम सम्बोधनमा बताएका छन् ।

आफ्नो तीन वर्षे कार्यकालबारे संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले सैनिक सेवामा आबद्ध भएपश्चात् पनि व्यक्तिगत खर्चका लागि अभिभावकहरूसँग भर पर्नुपर्ने स्थिति अन्त्य गर्न तलब वृद्धि गरेको बताएका छन् ।

नेपाली सेनाकाअनुसार, पहिले अधिकृत क्याडेटले भत्ता मात्र पाउने गरेका थिए । सहायक सेनानीले कम्तीमा ४३ हजार रुपैयाँ तलब पाउँछन् ।

सैनिक स्रोतका अनुसार, अधिकृत क्याडेटलाई पनि सहायक सेनानी बराबरको तलब सुविधा दिन पहिल्यैदेखि पहल भइरहेपनि अर्थ मन्त्रालयबाट सहमति नआउँदा ढिलाइ भएको थियो ।

नेपाली सेनामा साधारण सेवा अन्तर्गत अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेट, सैन्य र फलोअर्समा भर्ना हुन सकिन्छ । प्रधान सेनापति शर्माका अनुसार, उनको कार्यकालमा साधारण सेवामा बढुवाद्वारा सहायक सेनानी दर्जामा पदपूर्ति गर्न समेत कार्यविधि लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]