२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

कपिलवस्तुको महाराजगञ्ज फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण सम्पन्न

Logo
धर्मेन्द्र कुमार कुर्मी प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

 

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका-१ महाराजगञ्जमा अवस्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार क्याम्पसले विभिन्न जातका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा राेपेकाे स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसका सभापति अभिषेक यादवले जानकारी दिए ।

क्याम्पसलाई हरियाली र साैन्दर्यीकरण गर्नका लागि विभिन्न प्रजातिका फूल र रुखका बिरुवा क्याम्पस प्राङ्गणमा लगाइएको उनले बताए । उनले वृक्षारोपणलाई अभियानकै रुपमा चलाउन आवश्यक रहेकाे बताउँदै सबै क्याम्पस र विद्यालयहरुका वृक्षारोपण गर्नेपर्ने बताए ।

वृक्षारोपण कार्यक्रममा फलाहारी बाबा बहुमुखी नवनिर्मित भवनका क्याम्पस व्यवस्थापन अध्यक्ष श्याम सुन्दर चौधरी, क्याम्पस प्रमुख सुर्यलाल कसौधन, शिक्षक, कर्मचारी, क्याम्पस सञ्चालक समिति सदस्य र स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभिषेक यादव, स्ववियु सदस्य लगायत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको राजेश चौधरी जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]