२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बैतडीमा गौरा पर्वको मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

 

बैतडी । घाइते हुनेमा दोगडाकेदार गाउँपालिका-४ श्रीकेदार घर भइ नेपाली सेनाको गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन्।

बिहिवार  दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप भएकाे थियाे। झडपमा परेर बिष्टको टाउकोमा चोट लागेको छ। उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए।

यस्तै सुरजको मुखमा चोट लागेको छ। दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी पठाइएकाे वडा अध्यक्ष भट्टले जानकारी दिए।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। दोगडाकेदार गाउँपालिका-५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा रहेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]