२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल प्रहरी र सशस्त्रका ३ डीआईजीसहित १०८ जना शनिबारदेखि अनिवार्य अवकाशमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र १५, २०८१

काठमाडौँ । सरकारको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले अन्तरिम आदेश खारेज गरेपछि तत्कालका लागि दुवै सुरक्षा संगठनमा देखिएको ३० वर्षे सेवा अवधीको विवाद टुङ्गिएको छ । ठुलो संख्यामा एकैपटक अवकाशमा जानुपर्ने भएपछि डीआईजीसहितका उच्च प्रहरी अधिकृतहरू सर्वोच्च गएका हुन् ।

भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको आदेश शुक्रबार खारेज भएसँगै भोलि (शनिबार) देखि १०८ जना उच्च प्रहरी अधिकृतहरू अवकाश हुँदैछन् ।

 

उनीहरू २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेका थिए । १०५ टोली भनेर चिनिने उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश हुन लागेका हुन् ।

 

नेपाल प्रहरीतर्फ बागमती प्रदेशका डीआईजी विष्णु कुमार केसी र ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ९० जना अवकाश हुँदै छन् । अवकाशमा जाने एसएसपीहरुमा दिनेशराज मैनाली, बेल बहादुर पाण्डे,  रवि पौडेल, जीवन श्रेष्ठ, किसन सिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नविन राई, रविन्द्र रेग्मी, दिल्लीराज बिषट बिर बहादुर ओली छन् ।

प्रहरी उपरीक्षक (एसपी)हरु अवदेश विष्ट, कृष्ण प्रसाईं र हिरा बहादुर पाण्डे सहित अवकाशमा जाँदै छन् । असईमा भर्ना भएका उनीहरुले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म भएका थिए ।

सशस्त्र प्रहरीमा डीआईजीहरु अभि खत्री र दुर्गा भट्टराई पनि अवकाशमा जाँदै छन् । १०५ टोलीमा भर्ना भएर उनीहरू सशस्त्रमा गएका थिए ।

नेपाल प्रहरीबाट सशस्त्रमा आएका १८ जना अवकाशमा जान लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई र १५ जना डीएसपीहरु अवकाश हुँदैछन् ।

अवकाश हुन लागेका प्रहरी अधिकृतहरू ५० देखी ५२ वर्ष उमेर समूहका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]