२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

इराकमा तनावग्रस्त १५ जना आइएस लडाकूहरुको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, भाद्र १५, २०८१

 

काठमाडौं । अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकू मारिएका छन् भने सात अमेरिकी सैनिक घाइते भएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।

‘सेन्टकम’का अनुसार इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समय अनुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ जना आइएस लडाकूको मृत्यु भएको थियो ।

आइएस लडाकू ‘सयौँ हातहतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए । सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अन्य दुई घाइते भएको एक रक्षा अधिकारीले जानकारी दिएका छन् । इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो ।

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ ले जिहादीहरूले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको बताएको छ ।

मृत्यु हुनेमा वरिष्ठ नेतासमेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ । इराकमा इस्लामिक स्टेट समूहका ‘गतिविधि धेरै हदसम्म नियन्त्रण भएको’ भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,” संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]