२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

बाँकेमा इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम चहल्लम पर्व जैसपुरमा सम्पन्न

Logo
ABC-Sanchar प्रकाशित आइतबार, भाद्र १६, २०८१

बाँके । नेपालगञ्ज कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको ठिक ४० दिनपछि मनाइने चहल्लम पर्व शनिवार बाँकेको जैसपुरमा भव्यताले मनाइको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइने गरिन्छ ।
मोहर्रम पर्वको ठिक ४० दिनपछि चहल्लम पर्व मनाउने परम्परा रहेको छ ।

यस अवसरमा शुक्रबार राती स्थापित गरिएका ताजियाहरु विभिन्न धार्मिक अनुष्ठानपछि बाजागाजा तथा विभिन्न झाँकीसहितको जुलुस शनिवार चौलिक्काको कर्बला मैदानमा लगेर विसर्जन गरेपछि चहल्लम पर्व सम्पन्न भएको हो ।

ताजिया विसर्जनका लागि निस्केको हुसैनी जुलुसमा टंगपसरी, जमुनहागाउँ, बालेगाउँ, थुकैला, बाबुगाउँमा स्थापित गरिएका ताजिया सहित विभिन्न किसिमको झाँकी, लठ्ठी कला, आगोको कला तथा मातम प्रदर्शन गरिएको थियो ।

यसअघि मोहर्रमम पर्व मनाइसकिएको छ । मोहर्रम पर्व मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउने गरेका छन् ।

विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको मोहर्रम पर्व नेपालगञ्ज जैसपुरमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।
मोहर्रमम पर्वको ४० दिनपछि चहल्लम पर्व मनाउने गरिएको छ ।
चहल्लम पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन बाँके प्रशासनले सुरक्षाको कडा व्यवस्था मिलाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!