२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

धनगढीमा प्रहरीको नयाँ पेट्रोल पम्पको उद्घाटन १८ गते गृहमन्त्री रमेश लेखक गर्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १६, २०८१

 

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक पर्सि गृहजिल्ला र गृहप्रदेश आउने भएका छन् । लेखक पर्सि (१८ गते) बिहान सुदूरपश्चिमको धनगढी हुँदै गृहजिल्ला कञ्चनपुर आउने कार्यक्रम छ।

स्रोतका अनुसार लेखक गृहजिल्लामा बनेका प्रहरी कार्यालयका संरचना तथा एक इलाका प्रहरी कार्यालयको उद्घाटन गर्न आउन लागेका हुन्।

गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका उनको विभिन्न स्थानमा भेटघाट कार्यक्रम पनि तय गरिएका छन्। यस्तै उनले धनगढीमा प्रहरीकै पेट्रोल पम्प पनि उद्घाटन गर्ने बताइएको छ। यस अगाडि सो संरचना नेपाल प्रहरीकै आईजीबाट उद्घाटन गराउने तयारी थियो। तर गृहमन्त्री लेखक सुदूरपश्चिमकै भएकाले उनले आफैंले उद्घाटन गर्न खोजेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]