२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मन्त्री कुर्मी र फरार सांसद केसीलाई निलम्बन गरि कारबाही हुनुपर्ने तथा भ्रष्टाचार न्यूनीकरण गर्न ध्यानाकर्षण

Logo
बिदुर एमसी प्रकाशित सोमबार, भाद्र १७, २०८१

 

विद्रोही राजनीतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी बहुमतले व्यक्ति हत्या आरोपित मन्त्री कुर्मी र किर्ते मुद्धामा अदालतबाट कसूरदार ठहर्‍याएका फरार सांसद केसीलाई पदबाट तुरुन्तै निलम्बन गरी हदैसम्मको कानूनी कारबाही गर्न माग राखेको छ ।

बाँकेकी महिला निर्मला कुर्मीको रहस्यमय तरिकाले भएको मृत्युप्रकरण र सम्पत्ति जालसाजी प्रकरणका मुख्य आरोपित व्यक्ति बादशाह कुर्मी लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । भने श्रीमती सितको अंश मुद्दामा लुम्बिनी प्रदेश सांसद धनबहादुर केसीले जालसाजी गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा परेको मुद्दामा निज उपर कसूरदार ठहर्‍याएकोमा अदालतले एक वर्ष जेल सजायँ र दुई हजार जरिवाना तोकिएपश्चात् फरार रहेका प्रदेश सांसद धनबहादुर केसीलाई हदैसम्मको कानूनी दण्ड सजायँ गरिनुका साथै पदबाट तुरुन्त निलम्बन गर्न बहुमत पार्टी केन्द्रले जोडदार रूपमा आवाज बुलन्द गरेको छ ।

नेकपा बहुमत पार्टीको लुम्बिनी प्रदेश समितिले सञ्चालन गरेको भ्रष्टाचार विरूद्व जनएकता अभियान कार्यक्रम अन्तरगत आइतबार बिहान लुम्बिनी प्रदेशकाे राजधानी प्रमुख प्रवेशद्वार राप्ती उपत्यका देउखुरीमा आयोजित विरोध जुलुसमा सहभागी जनसमूहलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य निर्मल राईले यस्तो कुरा जानकारी गराएका छन् ।

देशमा चरम रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्न लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्य राईले यस्ता भ्रष्टाचारले दिन प्रतिदिन आम नागरिकहरूको जीवनस्तर झन कहालीलाग्दो बन्दै गइरहेको यथार्थ प्रस्तुत गरे । केन्द्रीय सदस्य राईले यो सवै हुनुमा वर्तमान सरकार जिम्मेवार रहेको जिकिर गरे ।

स्वदेशमा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य हुनाले देशभित्र युवा शक्तिको अभाव खट्किएको दुखेसो पोखे । सरकारले भ्रष्टाचार न्यूनीकरण गरेर युवाहरूलाई देशभित्र रोजगारीको अवसर सिर्जना नगरे त्यसबाट वर्तमान सत्ताले गम्भीर रूपमा नोक्सानी व्यहोर्नुपर्ने अनि त्यस्तो बिद्रोहको नेतृत्व आफ्नो पार्टीले गर्ने घोषणा समेत गरे । खाली अरुलाई दाेषाराेपण गरेर आफू पानी माथिको ओभानो बन्ने जुनसुकै सत्ताको चरित्रले सबैलाई हैरान बनाएको भन्दै राईले सरकारप्रति कटाक्ष गरे ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएपछि लुम्बिनी प्रदेशको मुख्य प्रवेशद्रमा नेकपा बहुमतले सरकारका विरुद्धमा विभिन्न नारा जूलूस गरेको थियो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार न्यूनीकरण र हत्या आरोपित मन्त्री तथा अदालतबाट दोषी ठहर भएका सांसदलाई कारवाही गर्न लुम्बिनी प्रदेश सरकारले थालनी गर्ने वचन दिएका छन् ।

हात हातमा प्लेकार्ड, ब्यानर र हँसियाहथौडा अंकित झण्डा बाेकेर कार्यक्रममा उपस्थित नेकपा बहुमतका नेताकार्यकर्ताहरुले सरकारका रवैया विरुद्धमा विभिन्न नारा जूलूस गरेका थिए । यस्ता गुण्डागर्दी शैलीका व्यक्तिहरु राज्यका नीति निर्माणका तहमा आसिन हुनु निकै लज्जास्पद कुरा भएको इंगित गर्दै कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य रेखा खनाल, केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरेन्द्र विक, प्रदेश इन्चार्ज तिलक पुन लगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]