२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनार सम्मानित

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १८, २०८१

 

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तुले तिज मिलन कार्यक्रम सम्पन्न गरेको । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न.५ चन्द्रौटा स्थित होटेल के लियो मा भएको हो ।

शान्ति सुरक्षा मार्फत सदियाै देखि जातिय तथा लैगिक विभेदको मारमा परेका दलित समुदाय, महिला ,बालबालिकाकाे अधिकार काे पक्षमा निरन्तर निर्भीकता का साथ वकालत गर्दै आउनु भएका ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन के.सि.ले सम्मानित हुनुभएका वीर बहादुर सुनारलाई बधाई तथा शुभकामना दिनुभयो । तिज पर्वलाई धेरै भड्किलो र खर्चिलो नबनाउन चेलिबेटीहरुलाई अनुरोध समेत गर्नुभएको थियो।

यस्तै कार्यक्रमकि बिशिस्ट अतिथि मानव अधिकारकर्मी मिना परियारले हामी नारीहरुले आफूसङ्ग जे छ त्यसैमा रमाउन पर्छ बताउनुभयो । धेरै महँगो लुगाकपडा किन्नु भन्दा थोरै खर्च गरेर धेरै बचत गर्नुपर्ने र बचेका रकमले बालबालिकाको पढाईमा खर्च गर्नु पर्ने बताउनु भयो। सदियो देखि हाम्रो समुदायलाई पछाडी परिएको छ अब हाम्रो समुदाय एकजुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सम्मानित हुनुभएका ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले सम्मानित हुन पाउँदा निकै हर्सित भएको बताउनुभयो। हाम्रो समुदाय तथा नेपाली जनताको लागि सदैव निस्पक्षमा रुपमा काम गर्ने बताउनुभयो । पीडित पक्षमा उभिएर वकालत गर्ने बताउनु सुनाराले बताउनुभयो।

कार्यक्रममा पुर्व बन तथा बाताबरण मन्त्री, लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन के.सि. , मानव अधिकारकर्मी मिना परियार, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य दिनेश पुन , नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल , विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]